जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो
मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो
न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो
तिमीलाई यो मुटुले नरोजेको कहिले पो थ्यो र ?
हाम्रो मिलनको बिरुद्धमा कुनै ठुलो श्राप थियो
अरुको उपकार गर्नु पुण्य, शास्त्रको सार हो रे!
आफ्नोलाई गर्दा त्यहि सबैको दृष्टिमा पाप थियो ||