Thursday, November 27, 2008

अघि साँझ फेरी एक पल्ट मेहफिल जमेको थियो 

छुटेको त्यो मोडमा गइ समय टक्क थामेको थियो


तिम्रो चर्चा, तिमीलाई नै सम्झी मुस्कुराएको थिएँ म

धेरै पछि आज तिम्रो यादमा यो मन रमेको थियो


आँधिहुरी घामपानी सबै चुपचाप सहेकै थियो

भित्र कतै चिसोले थरथर यो मन कामेको थियो


भिडमा पनि एक्लै कोलाहलमा शान्ति छाएको थियो

शुन्य यो पलमा अतितको मिठो घाउ छामेको थियो


२०६५।०८।१२


Wednesday, July 9, 2008

अरुले न टिप्दै त्यो गुलाफ झारी दिउँ जस्तो लाग्छ

तिम्रो माया मुठ्ठीको माखो झैं मारी दिउँ जस्तो लाग्छ


तिमीमा डुबेर आफ्नो अस्तित्व मेटाउन चाहन्छु

यो पागलपन अब यहिँ टारी दिउँ जस्तो लाग्छ


मेरो मन च्यातचुत पारी तिम्रो पाउमा चढाएँ

आफ्नै मायाको अगाडि आफै हारी दिउँ जस्तो लाग्छ


मनपरेको कुरा कति नै पाइन्छ र जिन्दगीमा

मुटुबाट तिमी अर्कै तर्फ सारी दिउँ जस्तो लाग्छ


२०६५।०३।२५


Friday, June 27, 2008

 यसरी नै चलि रहोस् नाम तिम्रो सधैं भरी

सबै तिर बढि रहोस् दाम तिम्रो सधैं भरी


तिम्रो पूजा म गर्छु तिमी अरुलाई नै पुज्छौ

मर्यादामा अडि रहोस् राम तिम्रो सँधै भरी


धेरै व्यस्त छौ हिजोआज, भेट्ने छैन फुर्सद

अन्तै कति परि रहोस् काम तिम्रो सँधै भरी


मैले मात्रै गरें प्रेम, आशुँ नि मै बगाउँछु

आखाँबाट झरी रहोस् जाम तिम्रो सँधै भरी


२०६५।०३।१३




Thursday, June 19, 2008

खडेरीमा किसानलाई वर्षाको आस जस्तै तिमी

जीवन मृत्युको संघारमा प्यारो सास जस्तै तिमी


मन भित्रको भावना आफैसँग भन्न डर लाग्छ

मरुभूमीमा भर्खर पलाएको घाँस जस्तै तिमी


तिम्रो बोली मात्रै सुन्दा पनि त्यसै म लठ्ठ पर्छु

बसन्त बागमा फैलिएको मिठो सुवास जस्तै तिमी


आफैलाई धोका दिन्छन् यी मेरा मिठा कल्पनाहरु

शरदीय हावामा बहने उल्लास जस्तै तिमी


२०६५।०३।०५


Tuesday, June 3, 2008

तिम्रो याद मेट्न के-के मात्रै गरिन मैले

मन भित्रै रोएँ आँशु मात्रै झारिन मैले


चमक् चमक् विजुली तिम्रै अनुहार देख्छु

मेरो सबै लुट्यौ मुटु मात्रै हारिन मैले


जति टाढा भागेँ भन्छु त्यति नजिक पुग्छु

घृणा धेरै गरें माया मात्रै मारिन मैले


कोर्न छोडे पीडा भावना मार्न खोज्छु

लास बन्यो मुटु ढुङ्गा मात्रै पारिन मैले


२०६५।०२।२९


Saturday, February 23, 2008

तिम्रो आँखाले मलाई साच्चै मार्छ कि जस्तो छ

एक दिन दुनिँयाको गाल पार्छ कि जस्तो छ


मायाले भरिएका लोलाएका नशालु आँखा

लठ्याई मलाई मेरो सब चोर्छ कि जस्तो छ


सधैं मलाई बोलाइरहेका बैँशालु आँखा

नजरको वाणले सिद्धान्त हार्छ कि जस्तो छ


मेरो आँखासँग एकान्तमा जुद्धा तिम्रो आँखा

जाडोमा पनि खल् खल् पसिना झार्छ कि जस्तो छ

मेरो मन रुन्छ देखेर भिजेको तिम्रो आँखा

तिम्रो दु:ख पिडा मेरो तर्फ सार्छ कि जस्तो छ


२०६४।११।११