Thursday, November 27, 2008

अघि साँझ फेरी एक पल्ट मेहफिल जमेको थियो 

छुटेको त्यो मोडमा गइ समय टक्क थामेको थियो


तिम्रो चर्चा, तिमीलाई नै सम्झी मुस्कुराएको थिएँ म

धेरै पछि आज तिम्रो यादमा यो मन रमेको थियो


आँधिहुरी घामपानी सबै चुपचाप सहेकै थियो

भित्र कतै चिसोले थरथर यो मन कामेको थियो


भिडमा पनि एक्लै कोलाहलमा शान्ति छाएको थियो

शुन्य यो पलमा अतितको मिठो घाउ छामेको थियो


२०६५।०८।१२


1 comment: