प्रकृति र तिमी दुवै उस्तै हरियो झैं लाग्छ
तिम्रो आवाज नसुन्दा किन मरियो झैं लाग्छ
हरेक साँझ चिसो बतासले यो मुटु छुँदा
आफ्नै मन यो छोडेर डेरा सरियो झैं लाग्छ
सम्हाली राखेको मेरो जवानीको घैंटो अब
तिमीलाई देखेपछि फुटी छरियो झैं लाग्छ
पंक्षी झैं आकाशमा सधैं उडी रहने मन
एकै दृश्टिले तिम्रो धर्तीमा झरियो झैं लाग्छ
कसैको वास्ता थिएन आँधी झैं जीवन थियो
तिम्रो साथले अब कर्मठ फेरियो झैं लाग्छ
२०६३।०४।०२
No comments:
Post a Comment